मुख्य समाचार
प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन | रसुवाको बाढी क्षेत्रमा झापाका ९ जना सम्पर्कविहीन | रसुवाका बाढीपीडितलाई भद्रपुर नगरपालिकाको राहत, ११ लाख दिने निर्णय | त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए | भारतबाट नेपालमा सामान आयातको भरपर्दो गन्तव्य बन्दै ट्रस्ट नेपाल सप्लायर्स | Best Importing & Sourcing Supplier from India to Nepal | भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७० पुग्यो, ७९ सुरक्षाकर्मी सम्पर्कविहीन |

प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता

भेषराज नेपाल 120+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

झापा / रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको दुई दिनमै तिब्बततर्फ फेरि ताल फुटेको सूचना आएको छ। सम्भावित थप बाढीको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले तत्काल अलर्ट जारी गरी उद्धारमा खटिएका सुरक्षाकर्मी तथा नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल प्रहरीले शुक्रबार जारी गरेको सूचनामा तिब्बती क्षेत्रमा पुनः ताल फुटेको जानकारी प्राप्त भएको भन्दै नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो। उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई समेत जोखिमलाई ध्यानमा राखेर काम गर्न भनिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको पुष्टि गरेका छन्। उनका अनुसार पहिरोका कारण नदी थुनिएर बनेको ताल पूर्ण रूपमा खुलिसकेको थिएन र त्यहाँ अझै पानी जम्मा भएको थियो। उक्त ताल फुटेपछि थप पानी भोटेकोशी नदीतर्फ आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा जोखिम बढेको हो।

फेरि भोटेकोशीमा ठूलो बहाव आउन सक्ने

तिब्बतको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको जानकारी आएको हो। यी नदीहरू भोटेकोशी–त्रिशूली नदी प्रणालीसँग जोडिएका माथिल्ला सहायक नदी हुन्। त्यसैले त्यहाँबाट आएको अतिरिक्त पानीले भोटेकोशीको बहाव बढाउन सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्।

यसअघि पनि तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा आएको आकस्मिक बाढीले रसुवा हुँदै नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। सो बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा सुरक्षा संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

त्रिशूली तटीय क्षेत्रसम्म जोखिम

भोटेकोशीको पानी त्रिशूली नदीमा मिसिने भएकाले सम्भावित थप बहावको असर रसुवादेखि नुवाकोट, धादिङ हुँदै त्रिशूली–नारायणी नदीको तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने जोखिम छ।

बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशी तथा त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। नदीको बहाव सामान्य देखिए पनि माथिल्लो क्षेत्रमा ताल फुटेपछि छोटो समयमा जलसतह बढ्न सक्ने भएकाले नदी किनारमा नजान र जोखिमयुक्त क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

उद्धार टोलीलाई समेत सावधानी

अघिल्लो बाढीपछि हराइरहेका नागरिक तथा सुरक्षाकर्मीको खोजी र उद्धार कार्य जारी रहेका बेला आएको यो नयाँ सूचनाले उद्धार टोलीका लागि समेत थप चुनौती सिर्जना गरेको छ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका छन्। यस्तो अवस्थामा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले उद्धारकर्मीलाई समेत जोखिमको मूल्यांकन गरेर मात्रै नदी आसपासमा परिचालित हुनुपर्ने अवस्था आएको छ।

‘ताल फुट्यो’ भन्ने सूचना आएपछि प्रशासन सक्रि

चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएलगत्तै रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरेको जनाएको छ। सम्भावित थप बहावको अवस्थाबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी बढाएका छन्।

प्रशासनले नदी किनारमा नजान, सम्भावित बाढीको आवाज वा पानीको बहाव अचानक बढेमा तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान र आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ।

अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा ‘ताल फुटिसकेको छ’ भन्ने सूचनालाई सामान्य नलिनु र भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु रहेको सुरक्षा निकायको आग्रह छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार