मुख्य समाचार
रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन | रसुवाको बाढी क्षेत्रमा झापाका ९ जना सम्पर्कविहीन | रसुवाका बाढीपीडितलाई भद्रपुर नगरपालिकाको राहत, ११ लाख दिने निर्णय |

रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९

भेषराज नेपाल 123+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

झापा / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका १३८ जना नागरिक अझै सम्पर्कविहीन रहेको पाइएको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन, विभिन्न काम तथा धार्मिक भ्रमणका लागि पुगेका कोशी प्रदेशका नागरिक बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार १५३ जनाको विवरण प्राप्त भएकोमा १५ जना सम्पर्कमा आएका छन् भने १३८ जनाको अवस्था अझै अज्ञात छ।

प्रहरीले उपलब्ध गराएको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सोलुखुम्बुका ३९ जना सम्पर्कविहीन छन्। त्यसपछि ओखलढुंगाका २०, मोरङका १६, सुनसरीका १५ र उदयपुरका १५ जना सम्पर्कविहीन छन्।

त्यस्तै झापाका १०, खोटाङका ८, इलामका ७, संखुवासभाका ३, ताप्लेजुङका २, धनकुटाका २ र भोजपुरका १ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै