मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |
मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |


सरुवा गरिदिने भन्दै ४ लाख झ्वाम

देश प्रदेश डेस्क 5192+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

भद्रपुर शिक्षकलाई पायक पर्ने स्थानमा सरुवा गरिदिन्छु भन्दै स्थानीय नेताले ४ लाख रुपैयाँ झ्वाम पारेका छन् । झापा शनिश्चरे घर भई हाल सरस्वती मा.वि. श्रीजङ्घा–३ ताप्लेजुङमा कार्यरत नेपाली विषयका शिक्षक भवानी विष्टको ४ लाख रुपैयाँ झ्वाम पारेको उनले आरोप लगाएका छन् ।

घटना विवरणअनुसार शिक्षक विष्टलाई घरबाट आधा घण्टाको दूरीमा सरुवा गरिदिने भन्दै शिक्षक नेता कपिलमणि तिम्सिनाले विष्टलाई पुकारचन्द्र राजवंशीसँग सम्पर्क गराएका थिए । राजवंशीले शिक्षकको लाइन धेरै भएकोले जतिसक्दो चाँडो ३ लाख रुपैयाँ जम्मा गरिदिएमा पायक पर्ने स्थानमा सरुवा गरिदिने तर रकममा ढिलाइ गरेमा सरुवा हुन नसक्ने बताएपछि शिक्षक विष्टले उक्त रकम वैशाख १२ र १३ गते जम्मा गरिदिएका थिए । घटना गत वैशाख महिनाको हो । पुकारको प्रस्तावलाई स्वीकार गर्दै विष्टले एनआइसी एसिया बैङ्कमा रहेको राजिन राजवंशीको २४६५७..............००१ नम्बरको  खातामा मोबाइल बैङ्किङमार्फत् रकम जम्मा गरिदिए । त्यसपछि विष्ट राजवंशीको पिछा लागे । सुरुमा विष्टलाई अमृत मा.वि. बाह्रदशीमा पठाइएको थियो ।

उक्त मा.वि.मा निवेदन लिएर जाँदा यहाँ दरबन्दी खाली नभएको भन्दै फर्काएका थिए । त्यसपछि केही नेताको सोर्समा  कचनकवल–३  स्थित मोती माविमा सामाजिक विषयको दरबन्दीमा राख्ने र एक महिनापछि पथरिया मा.वि. कचनकवलमा खाली भएपछि त्यहाँ आउन आश्वासन दिएको भनाइ छ । आश्वासनअनुसार मोती मा.वि.मा पनि काम नभएपछि विभिन्न विद्यालयहरूमा घुमाउँदै अन्तिममा पथरिया मा.वि.मा पठाइएको उनको भनाइ छ । सो मा.वि.मा जाँदा विद्यालयका शिक्षक चामु नेपालले डेढ लाख रुपैयाँ दिएमा विद्यालयमा सरुवा हुने जनाएपछि विष्टले रकम पुकारचन्द्र राजवंशीलाई दिइसकेको बताउँदा नेपालले सो रकम फिर्ता ल्याउन सुझाव दिएका थिए । विष्टले  चामुलाई रकम नदिएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव र नेपालले स्थानीय गीता भट्टराईलाई सम्पर्क गर्न सुझाव दिए । विष्टले भट्टराईसँग सम्पर्क गरेपछि उनले कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र सिं राजवंशीसँग भेट गराएका थिए ।

विष्टलाई अध्यक्ष राजवंशीले ५ वर्ष बस्ने हो भने राखिदिने आश्वासन दिए । त्यसपछि गीताले विष्टसँग यताउता तेल तथा खाजा खर्च हुने र विद्यालयलाई पनि सहयोग गर्नुपर्ने भन्दै तत्काललाई १ लाख रुपैयाँ दिनू र पछि केही रकम थप गरिदिनू भनेको विष्टको भनाइ छ । गीतालाई भदौ ८ गते मोबाइलबाट पटक–पटक गरी रकम बुझाएपछि भदौ ८ गते शुक्रबार बैठक बसेर दरबन्दीको टुङ्गो लाग्ने विद्यालय व्यवस्थापन समितिले जानकारी गराएको थियो । तोकिएको मितिमा बैठक बस्न नसकेको भन्दै आइतबार १० गते सम्पर्क गर्न भनेको उनले बताए । विष्टले पथरिया मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादवसँग सम्पर्क राख्दा माथिबाट दबाव बढी आएकोले राख्न नसकिएको जवाफ दिएको उनले सुनाए ।

काम नभएपछि गीता भट्टराईलाई दिएको १ लाख रुपैयाँ चामु र जयनारायणले घरमा नै आएर रकम फिर्ता गरे भने राजवंशीलाई जम्मा गरेको ३ लाख रुपैयाँ फिर्ता नगरेपछि निवेदन लिएर जिल्ला प्रशासन कार्यालय गएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले निवेदन दर्ता नगरी ३ दिनभित्रमा रकम फिर्ता गरिदिनू भन्दै राजवंशीलाई फोनमार्फत् निर्देशन दिएको उनको भनाइ छ । रकमको विषयमा कुनै जानकारी नभएको पथरिया मा.वि.का शिक्षक नेपालले बताए । रकम फसेको हो भने उठाउन सहयोग गर्ने भनेको उनले बताए । भवानी सर गाउँपालिकाको सम्पर्कमा आए पनि पुनः सम्पर्कमा नआएपछि जो शिक्षक पहिले आउँछ, उसैलाई दरबन्दीमा राखिएको पालिका अध्यक्ष कालेन्द्र सिं राजवंशीले बताए । गाउँपालिकामा भवानी विष्ट, चन्द्रकला उप्रेती र पूर्ण चाम्लिङको निवेदन परेकोमा चाँडो आउने र व्यावहारिकता हेरेर सरुवा सहमति ल्याउने शिक्षिका चन्द्रकला उप्रेती छनौट भएको हुँदा उप्रेतीलाई पथरिया मा.वि.मा राख्ने निर्णय भइसकेको उनको भनाइ छ ।

आर्थिक चलखेलका विषयमा जानकारीमा नआएको उनले बताए । यता आरोप लागेका राजवंशीलाई पटक–पटक फोन गर्दा ‘एकछिन ल..’ भन्दै पन्छिए । समाचार बाहिरिने भएपछि पुकारसहित केही माओवादीका नेताले आफूसँग भेट गरी मिडियाले सोधेमा ‘रकम हात परिसकेको भन्नू’ भनेको विष्टले बताए । ब्लाष्ट खबरबाट

प्रतिक्रिया

देउमान १४ भाद्र २०८०, बिहीबार

भन्छन्नी बूढा पाकाले थुन्सेले छोप्दा छोप्दै डोको ले छोपे पछि सबैले देख्छन् हो यस्तै हो कचनकवलमा यहाँ मैले थाहा पाए अनुसार ७ वर्ष अगाडि देखि एउटा गिरोहको व्यवसाय चली रहेको छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार