मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

सबैभन्दा बढी करिव १५ करोड बेरुजु देखिएको मेचीनगर नगरपालिकाले ३५ दिनभित्रमा बेरुजु रकम दाखिला गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ । दाखिला नगरे जायजेथाबाट असुल गरिने भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत सुबास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगत उल्लेख भएका व्यक्ति, संघसंस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरोकारवालाहरुलाई ३५ दिनभित्रमा नगरपालिकाको आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा आई बेरुजुको रकम दाखिला गर्न वा फछर्याैटको प्रमाण पेश गर्न सूचित गरेका छन् । नियमित प्रकृयाबाट फछर्याैट नभएका बेरुजुहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ र ४८ बमोजिम सरकारी बाँकीको रूपमा रही जायजेथाबाट असुल गरिने सूचनामा उल्लेख छ ।

मेचीनगर नगरपालिकामा ३.१९ प्रतिशत अर्थात १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको हो । बढी बेरुजु रकम मेचीनगर नगरपालिकामा देखिएपनि प्रतिशतका आधारमा बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनले झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा बेरुजु देखाएको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएको रकममध्ये सबैभन्दा बढी ३.२२ प्रतिशत बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको छ । ३ अर्ब ३४ करोड ६० हजार रकमको परीक्षण गर्दा १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार