मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

श्रीमान परस्त्रीकाे काेठामा गएकाे झाेकमा अर्जुनधारामा सामूहिक कुटाइबाट युवतीको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२५ आषाढ २०८२, बुधवार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा श्रीमान परस्त्रीकाे काेठामा गएकाे झाेकमा  झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११.३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका वडा नम्वर ६ वैकुण्ठे घर भई अर्जुनधारा वडा न.८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसालकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् । उनको साथमा सोही ठाउँ बस्ने बर्ष ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदास गएको बताइएको छ।

घाइतेलाई शंकर अस्पताल शनिश्चरे लगि सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा नै रहेको छ ।

प्रहरीले कुटपिटमा संलग्न ५ जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै