मुख्य समाचार
किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् |

सल्यानमा बस दुर्घटना २२ घाइते, ४ जनाको अवस्था गम्भीर

देश प्रदेश डेस्क 5294+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

झापा । सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रुकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलबाट बस खसेको थियो ।

बस दुर्घटनामा परी घाइते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय (बस धनी) विष्णु विक, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उ.म.पा १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङ घोराही उपमहानगरपालिका वडा नं १० की ३६ वर्षीया दिल कुमारी गौतम , दाङ रक्षा चौरकी २६ वर्षीया खिमा विक,तुलसीपुर उ.म.न.पा ६ का ३४ वर्षीय बस चालक पूर्ण शम्शेर जबरा, तुलसीपुर उ.म.न.पा ७ पर्सेनीकी ४९ वर्षीया ठगि बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस्तै सल्यान शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ को ६ वर्षीय रेशम मगर, रुकुम चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल रहेका छन् ।

त्यस्तै रुकुम सिस्ने गाउँपालिका ६ की ११ वर्षीया अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, सोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय वीर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय बसन्त जङ्ग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक रहेका छन् ।
दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित पुलबाट खसेको थियो ।

दुर्घटनामा परी वि.क, पुन, चौधरी र गौतमको अवस्था गम्भीर रहेको र उनीहरूको उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जनाकारी दिनु भयो । । बाँकी मध्यम र सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार