मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु

देश प्रदेश डेस्क 5409+ समाचार ( )
३१ आषाढ २०८३, बुधवार

झापामा मोटरसाइकलको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडक खण्डमा हिजो अपरान्ह दुर्घटना भएको हो ।
प्रहरीका अनुसार राईसिङडाँडादेखि बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले मेचीनगर–४ का हरि बुर्जा मगरका छोरा ६ वर्षीय सम्भव बुर्जा मगरलाई ठक्कर दिएको थियो । सडक पार गर्दै गरेको अवस्थामा अपरान्ह ४ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा आज बिहानको राति मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

मोटरसाइकल र चालक सप्तरीको राजविराज नगरपालिका–९ का २७ वर्षीय सुधीरकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार