मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी

देश प्रदेश डेस्क 5407+ समाचार ( )
३१ आषाढ २०८३, बुधवार

झापाको जिल्ला भूमि समस्या समाधान समितिले बुद्धशान्ति गाउँपालिकामा जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण सुरु गरेपछि अब अर्जुनधारा नगरपालिका र कन्काई नगरपालिकामा पनि पुर्जा वितरणको तयारी थालेको छ।

सोमबार बुद्धशान्ति गाउँपालिकाका पाँच परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको हो। पुर्जा प्राप्त गर्नेहरूमा बुद्धशान्ति–४ जुनेली बस्तीका अनिता मगर, पुष्पा थापा मगर, हरिप्रसाद ज्ञाङ्मी मगर, सोनु लिम्बू र आकृति तामाङ रहेका छन्। वितरण गरिएका जग्गामध्ये केही आवासका लागि र केही कृषि प्रयोजनका लागि रहेको समितिले जनाएको छ।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बुद्धशान्तिमा काम सम्पन्न भएपछि अर्जुनधारा र कन्काईमा पनि पुर्जा वितरणको प्रक्रिया अघि बढाइनेछ। उनले अघिल्लो भूमि समस्या समाधान आयोगले गरेका निर्णय तथा तयार पारेका आधारलाई निरन्तरता दिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने काम भइरहेको बताए।

यसअघि अर्जुनधारा र कन्काईमा प्रक्रिया अन्तिम चरणमा पुग्दा आयोग नै खारेज भएकाले काम रोकिएको थियो। झापामा अघिल्लो आयोगमार्फत जग्गाधनी पुर्जा प्राप्त गर्न भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ५० हजार ९१७ जनाले निवेदन दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार