मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

कार्यक्रम स्थलबाटै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

झापा / नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कार्यक्रम स्थलबाटै  पक्राउ परेका छन् ।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रज्ञा भवन कमलादी परिसरमा आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको हो ।

एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको छ । दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार