मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

भद्रपुरमा उद्योग स्थापना गर्न नक्कली संधियार

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२० अशोज २०८१, आइतबार

झापा  झापाको भद्रपुरमा एक उद्योग स्थापनाका लागि नक्कली सर्जमिन (मुचुल्का) बनाएर वडाकार्यलयबाट सिफारिस लिएकाे पाइएकाे छ । भद्रपुर नगरपालिका—५ स्थित घना बस्तिको विचमा ‘माता पाथीभरा भेनियर उद्योग’का लागि नक्कली संधियार खडा गरिएको निवेदनमा वडाले सिफारिस गरेको पाइएको हो ।
उद्योगी महाविर मित्रुकाले आफन्त सरला मित्रुका, सरिता मित्रुका र कोमल सरियाको नाममा १ विगाहा क्षेत्रफलमा नक्कली सर्जमिन बनाएर उद्योग स्थापनाका लागि वडाबाट सिफारिस बनाएकाे उल्लेख छ ।

मित्रुकाले उद्योग स्थापनाका लागि झापाको घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि सो कार्यालयले उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाउन भदौ ४ गते भद्रपुर नगरपालिका—५ लाई पत्र पठाएका थिए ।

कित्ता नं. १५ र १८ मा स्थापना हुन लागेको उक्त उद्योगमा सधियारमा हेमकुमार घिमिरे, रेखा दवाडी, ननदमाया कार्की, भुपाल दास उपाध्याय, युवराज रावत, लिलदास उपाद्ययाय र गम्भिरदास उपाध्याय रहेका छन् । तर, वडाले तयार गरेको सर्जमिन मुचुल्कामा पूर्बतर्फ आनन्द सरिया, पश्चिममा सडक, उत्तर र दक्षिणमा सागर घिमिरेलाई संधियार बनाएपछि नक्कली संधियार खडा गरिएको जनाएका छन् । 
भद्रपुर नगरपालिका—५ का वडाध्यक्ष बन्धु कार्कीले भने सर्जमिन मुचुल्का गलत नभएको र वास्तविक संधियारलाई नै रहेकोले आफुले सिफारिस गरेको बताएका छन् । ‘यदि सर्जमिन गर्दा गलत भए वा फर्जि नाम नाम नै राखिएको वहाँहरुले सम्बन्धित निकायमा निवेदन दिन सक्नुहुनेछ । मैले के गर्नुपर्छ त्यसको लागि तयार छु’ वडाध्यक्ष कार्कीले भने । उनले घरेलु तथा साना उद्योगबाट प्रक्रियागत पुरा गरेर लिखित दिएको हुँदा आफूले सिफारिस दिएको बताए । ‘त्यो उद्योग सञ्चालन गर्नु राम्रो हो । प्रक्रियागत रुपमा सबै पुरा गरेर माग गरेको हुँदा उद्योगमैत्री भावनाका हिसाबले मैले सिफारिस दिएको हुँ’, उनले भने ।
यस्तै, उद्योगी महाविर मित्रुकाले आफूले सामान राख्ने गोदाम जस्तो सञ्चालन गर्न लागिएको बताएका छन् । उनले सबै सहि प्रक्रिया पुरा गरेर वडामा अनुमतिपत्र दिएको बताए । ‘उद्योग सञ्चालन हुने स्थान अगाडि बाटो छ । दक्षिणतिर लिला घिमिरेको जग्गा हो । उत्तरपटि दाजुभाई हेम घिमिरे लागयतको संयुक्त जग्गा हो । त्यहाँ पाँच जनाको हस्ताक्षरसहित हामीले वडामा सिफारिस मागेको हो’, उनले भने, ‘वडाले अनुमति पनि दिईसकेको छ । यो खास केहि नभएर आन्तरिक खटपट भएको कारण उक्त उद्योग सञ्चलान गर्न रोक लगाउन खोजेको मात्रै हो । त्यस्तो ठूलो उद्योग पनि होइन । केहि गलत छैन । गोदाम राख्ने नराख्ने भन्ने निश्चित छैन मात्र जग्गा दर्ता गरेका हौँ ।’
स्रोतका अनुसार उक्त उद्योग सञ्चालन अनुमतिका लागि भद्रपुर नगरपालिकाले अहिले रोक लगाएको पाइएको छ । वास्तविक संधियारको स्वीकृतिविना वडाबाट सिफारिस भएपछि उद्योग स्थापना नहुँदै बिवादास्पद प्रक्रिया अनपनाइएको भन्दै नगरपालिकाले भने रोक लगाएको हो ।https://dainiknewsnepal.com/posts/63307 बाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार