मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

जेनजीलाई गाली गरेको विषयमा बैठकमै ओलीको आलोचना

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

झापा / नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनकारीलाई गालीगलाैज गरेकाे विषयप्रति केन्द्रीय सदस्यहरुले आलाेचना गरेका छन् ।

बिहीबार बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य युवराज बास्कोटाले जेनजी लाई गाली गर्ने विषयप्रति आलाेचना गरेका हुन्

‘जेनजी कुनै राजनीतिक दल र संगठित संघसंस्था होइन, केही सामयिक विषयवस्तुलाई लिएर उठ्यो, सडकमा उत्रियो । यो एउटा पुस्ताको चाहना हो’, केन्द्रीय सदस्य बास्कोटाले भने, ‘यद्यपि यो नाममा हिंसा भयो, तोडफोड भयो र आगजनी भयो। यसको एउटा पीडित म स्वयं हो। यति हुँदाहुँदै पनि पुस्तालाई गाली होइन, तिनले उठाउँदै आएका सामयिक मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसलाई भड्काउनु हुँदैन र भड्किन दिनुहुँदैन । यो हाम्रो निर्णायक भोट बैंक पनि हो।’

सुशासन प्रत्याभूतिको अभाव, नियमन र नियन्त्रणबाहिर देखिएको भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रताको कुरा आफ्नै नेतृत्व भएका समयमा किन उठ्यो भन्ने विषय एमालेले खोज्नुपर्ने उनको भनाइ थियो।

‘यसको राजनीतिक उपचार खोजी गर्नुपर्छ र साझा संकल्प अघि सार्नुपर्छ,’ बास्कोटाले भने।

उनले थपे ‘पार्टीमा बृहत एकता, खँदिलो एकता र साँच्चिकै एकमना एकता चाहने हो भने पार्टी केन्द्रीय कमिटीको पूर्वउपाध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम राख्ने र सम्मानजनक ढंगले पार्टी काममा फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ । हिजो लिएको निर्णयमा पुनः बिचार गरिनुपर्छ ।’

प्रस्तावित मितिमा हुने पार्टीको ११ औं महाधिवेशनलाई अलिक पर सारेर भए पनि यस सम्बन्धी सुक्ष्म तयारीमा लाग्नुपर्ने भन्दै उनले भने, ‘नेतृत्वको कौशलता भनेको उत्तराधिकारी निर्माण गर्नु पनि हो। महाधिवेशनको मञ्चमा पुग्दा स्वीकार्य नेतृत्वलाई अघि सारेर अध्यक्ष कमरेड अभिभावक भएर बस्नु वाञ्छनीय हुन्छ।’

आफै प्रधानमन्त्री भएका बेला उठेको यो विद्रोहकै कारण ओली सत्त्ताच्यूत भएका थिए। त्यसपछि उनले जेनजी आन्दोलनलाई प्रतिक्रान्ति, कलर रिभोलुसन लगायतका संज्ञा दिँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार