मुख्य समाचार
रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु |

झापाको भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5437+ समाचार ( )
१२ जेठ २०८३, मङ्गलबार

झापा / झापाको भद्रपुर नगरपालिकामा एक दिने लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाले लागुऔषध नियन्त्रणका लागि ५ वर्षे गुरुयोजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

नगरपालिकाका मेयर गणेश पोखरेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरीका एसपी अम्बिका प्रसाद जोशी उपमेयर राधा कार्की वडाअध्यक्ष तथा सदस्यहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि समुदायस्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय तहदेखि नै अभियान सञ्चालन गर्नुपर्ने, सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने तथा युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरिक्षक मोतिलाल योञ्जन तामाङले गत ९ महिनाको अवधिमा भए गरेका कामकारबाहीको जानकारी दिएका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी गेलाल प्रहरी उपरिक्षक खड्का उपमेयर कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख जीवनकला राउतले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन कर्मचारी सन्जु कोइरालाले गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार