मुख्य समाचार
ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि |

चट्याङबाट चार वर्षमा २३७ को मृत्यु

देश प्रदेश डेस्क 5438+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

                                                                                                          साङ्केतिक तस्वीर

झापा  नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको छ ।तथ्याङ् अनुसार चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् ।कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका अनुसार २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने गर्दछ ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् । 

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन् ।

सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार