मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

बेच्न ल्याएको काँचो केरामा विषादीको मात्रा उच्च

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा । विक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट गरिने भएको छ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएकाे थियाे । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् ।

दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खन भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ । बिषादी देखिएको केरा खाडलमा पुरेर नष्ट गरिने र बाँकी केरा केही दिन राखेर पुनः चेकजाँचपछि मात्रै बजारमा बिक्री गर्ने वा नगर्ने भनेर निर्णय गरिने बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार