मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

प्रधानमन्त्री ओली आज झापा आउँदै, तेह्र सय भन्दा बढी सुरक्षाकर्मी परिचालन

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

झापा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि आज गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ ।

जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओली झापा आउने भएपछि झापाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री ओली विरुद्ध हुन सक्ने प्रर्दशनलाई मध्यनजर गर्दै सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा ब्यवस्था मिलाइएको स्रोतले जनाएको छ । प्रधानन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै एक हजार तीनसय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानमन्त्री ओलीको सुरक्षार्थ चार सय भन्दाबढी जनपथ प्रहरी, चार सय भन्दाबढी सशस्त्र प्रहरी उल्लेख्य संख्यामा नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ट्राफिक प्रहरी परिचालन गरिएको बताइएको छ ।

ओली विरुद्ध पहिचानवादी, रास्वपाका कार्यकर्ता तथा दुर्गा प्रसाईका समर्थकले विरोध प्रर्दशन गर्न सक्ने भएकाले सुरक्षा ब्यवस्था कडा बनाइएको जनाइएको छ । कसैले विरोध गरे तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षामा खटिएका प्रहरीलाई प्रहरी उच्च स्रोतले कडा निर्देशन दिएको छ ।

यसैबीच आज र भोली झापामा आयोजना हुने कार्यक्रमहरुमा सहभागि बन्न आउने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिए ।

प्रधानमन्त्री ओली झापा आएपछि मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि साढे १ बजे दमक –३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको बाइएको छ ।

यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ । ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ । बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार