मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

रास्वपाकाे जनकपुरबाट चुनावी सभा सुरुः भिडियाे

देश प्रदेश डेस्क 5437+ समाचार ( )
६ माघ २०८२, सोमबार

झापा / आगामी फागुन २१ गते तय भएकाे प्रतिनिधिसभा सदस्य पदकाे निर्वाचन लक्षित राष्ट्रीय स्वतन्त्र पार्टीले मधेश प्रदेशको राजधानी जनकपुरबाट चुनावी सभा सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेर राजनीतिक यात्रामा होमिएका बालेन शाह पनि सोही कार्यक्रमबाट सार्वजनिक राजनितिक यात्रामा देखिएका छन् । परिवर्तन उद्घोषसभा नाम दिइएको सभामा रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारमा अघि सारेका बालेन शाह मूख्य आकर्षणको केन्द्र बनेका थिए ।
रास्वपाले मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको परिवर्तन उद्घोष सभामा उनी जोडतोडका साथ देखिएका हुन् ।

पहिलोपटक चुनावी सभामा सहभागी भएका बालेन निकै उत्साहित पनि देखिए । उनी सँगसँगै पार्टी सभापति रवि लामिछाने पनि मधेशमा झरेका छन् । पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहसँगै मधेश झरेपछि उनीहरुका गतिविधिलाई नजिकबाट नियाल्न थालिएको छ । रास्वपाले मधेशलाई नै केन्द्र बनाएर परिवर्तनको उद्घोष गरेको छ । यसरी चुनावी प्रचार गर्दा मधेशबाट पार्टीलाई राजनीतिक लाभ हुने आँकलन गरिएको छ ।

भिडियाेः

यी दलहरुले पटकपटक सक्ता र शत्तिको दुरुपयोग गरेको हुनाले अब नयाँ दललाई मधेशले साथ दिनुपर्ने नेताहरुले बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले सभामार्फत पुराना दल र नेताहरुमाथि खरो रुपमा कटाक्ष गरेका छन् । लामिछानेले पुराना दलका नेताहरुले मुलुक र जनतालाई परिवर्तनको नाममा देखाएका सपनाहरु पूरा नगरेको आरोप लगाएका छन् । लामिछानेले सभाबाट बालेन शाहले देश बनाउने देखरै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको बताए ।

रास्वपाले मधेशबाट सुरु गरेको पहिलो चुनावी सभा भएको हुनाले यो सभालाई महत्वका साथ हेरिएको छ । अर्कोतर्फ, बालेन शाहको उपस्थितिले पनि यो सभालाई भव्य बनाएको थियो । जसरी रास्वपाले मधेश प्रदेशको राजधानी जनकपुरधाममा चुनावी सभा गरेको छ त्यसैगरी निर्वाचनमा परिणाम ल्याउन सक्ला ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार