मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

वैदेशिक रोजगारीको ठगी आरोपमा भद्रपुरका सुवेदीसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

झापा   आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ– ११ बस्ने ३५ वर्षीया दिपा शर्मा र झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को व्रिजेश सुवेदी रहेका छन्।

 शर्माले क्यानडा पठाउने भन्दै पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। यस्तै, सुवेदीले  यूके पठाइदिने भनी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

रकम लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार