मुख्य समाचार
सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव |

मालपोत कार्यालय झापामा बेथितिः राजस्व ऋणीको,नाम बैंकको

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२० अशोज २०८०, शनिबार

झापा मालपोत कार्यालय झापामा दृष्टिबन्धक पास गर्दा ऋणीले तिर्ने गरेको राजस्व बैंकको नाममा जम्मा भएपछि लेखापढी कानुन व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

दृष्टिबन्धक पास गर्दा मालपोत कार्यालयमा राजस्व तिर्नुपर्ने हुन्छ । सो राजस्व बैंकबाट ऋण लिने ऋणीहरुलाई तिराउने गरिन्छ । तर, मालपोत कार्यालयले सो राजस्व ऋणीको नाममा नभई ऋण दिने बैंकको नाममा जम्मा गर्ने पाइएको हो । मालपोत कार्यालयका खरिदार रमेश पाण्डे र नायव सुब्बा पदम खतिवडाले दृष्टिबन्धक पास गर्दा राजस्व बुझ्ने गरेका छन् । त्यसरी एकजनासंग राजस्व लिएर अर्काको नाममा जम्मा गरेपछि लेखापढी कानुन व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय समितिका लोकनाथ भट्टराई , पुरुषोत्तम अधिकारीलगायतले त्यसबारे मालपोत कार्यालयका सम्बन्धित कर्मचारीहरुको ध्यानाकर्षण गराएका छन् । आफूहरुले ध्यानाकर्षण गराउँदासमेत कर्मचारीहरुले माथिको आदेश भन्दै अटेर गरेको एशोसिएसनका लोकनाथ भट्टराईले बताए । उनले त्यसप्रति राजस्व तिर्ने ऋणीहरुले समेत चासो राख्नुपर्नेमा जोड दिए । गलत प्रक्रियाका बारेमा आफूहरुले सम्बन्धित सबैको ध्यानाकर्षण गराउने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार