मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापाका चार मृतक परिवारलाई दुई लाखका दरले राहत बितरण

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

झापा वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपद्का घटनामा परी ज्यान गुमाउने  झापाका चार मृतक परिवारलाई दुई लाखका दरले राहत बितरण गरिएको छ । राहत पाउनेहरुमा कमल गाउँपालिका– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी,कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशी, झापा गाउँपालिका–४ बस्ने मन्जुहक मिया र गौरीगञ्ज –८ बस्ने लीलाबहादुर गिरीको परिवार रहेकाे जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ ।

चौधरी र राजवंशीको डुबेर मृत्यु भएको थियो भने मिया र गिरीको चट्याङ लागेर ज्यान गएको थियो । मृतक परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत दुई–दुई लाखका दरले राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले बताए । त्यस्तै जिल्लाका दुई अग्नीपीडित परिवारलाई १५–१५ हजारका दरले राहत वितरण गरिएको उनले जानकारी दिए । राहत पाउनेहरुमा गौरादह– ५ का रणबहादुर दनुवार र हल्दीबारी– ३ का तारावल्लब गिरी रहेका छन् । असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म बाढीपहिरो प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिए । उनका अनुसार हालसम्म विपद्मा परी ज्यान गुमाएका २३८ मृतकका परिवारलाई आर्थिक सहायतास्वरूप राहत रकम वितरण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार