मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

कालीगण्डकी नदी उर्लियाे : ताल फुटेको आशंका

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / मुस्ताङको लोमन्थाङ स्थित चुङजुङ खोलामा बाढी आएको कारण कालिगण्डकी नदी उर्लिएकाे छ । लोमन्थाङ ४ हुँदै कालीगण्डकीमा मिसिने उक्त खोलामा दिउँसैदेखि बाढी आएको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए ।

बाढी दिउँसैदेखि आएको हो । अहिलेसम्म रोकिएको छैन,’ उनले भने, ‘ताल फुटेर बाढी आएको हुन सक्छ । यता पानी परेको छैन । अरू कारणले बाढी आएको होइन ।’

मुस्ताङ हिमाल पछाडि रहेको छो ल्योङढ्योक ताल फुटेको हुनसक्ने उनको अनुमान छ । खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन उनले आग्रह गरेका छन् । बाढीले केही पुलहरू समेत बगाएको गुरुङले जानकारी दिए ।

‘त्यहाँ रहेका पुलहरू बगाएको भन्ने सूचना आएको छ । क्षतिको विवरण बुझ्दै छौँ,’ उनले भने । ४ वटा काठेपुल र एउटा बेलिब्रिज बगाएको उनले बताए ।

यस्तै, लोमन्थाङको रिङरोड क्षति भएको छ, बाटोहरू धेरै बिग्रिएको छ । अन्य क्षतिबारे भने जानकारी नरहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार