मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

युएईले राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ माघ २०८२, आइतबार

झापा / संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औं ईद अल इतिहाद राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली नागरिकलाई आममाफी दिएको छ।

आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिकहरूलाई युएई सरकारले आममाफी दिएको जानकारी दिएको हो।

‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटक अनुरोध गरेको थियो। त्यसैको फलस्वरूप आममाफी प्रदान भएको पनि मन्त्रालयले जनाएको छ।

आममाफी पाउने नेपाली नागरिकको अन्य कुनै मुद्दा विचाराधीन नरहेमा नेपाल फर्किन सक्ने पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै