मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

भन्सार छली भारतबाट भित्र्याइएको ११ करोड बढीको सामान सशस्त्र प्रहरी बल झापाले बरामद

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२० आषाढ २०८१, बिहीबार

                                                                                                                               फायल तस्वीर

झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको  ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नं गण झापाले जनाएको छ ।

 कार्यालयले दिएकाे जाकारी अनुसार  एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ,  ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया,  तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए ।

 त्यसैगरी  ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, ८८ हजार बराबरको मदिरा र  १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ ।

चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधि बरामद गरिएको छ ।

“सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४/७ नै पैदल गस्ती परिचालन भएको  राईले बताए ।

सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको उनकाे भनाइ छ ।

साथै भारतीय समकक्षी एसएसबीसँग आवश्यकता अनुसार निरन्तर बैठक बस्ने गरेको गणले जनाएकाे छ जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै