मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

ईरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

अमेरिका–इजरायली आक्रमणमा ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि इरानी सरकारी मिडियाले यसको पुष्टि गरेका छन् ।खामेनेईको मृत्युपछि इरानमा ४० दिनसम्म शोक मनाइने भएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनेई मारिएको बताएका थिए । उनले लेखेका छन्, ‘इतिहासको सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ।’

अमेरिका–इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण सुरु गरेका थिए ।

यस्तै इजरायली एयरफोर्सले आईएएफका फाटर जेट्सले इरानी सेनालाई लक्षित गर्दै सटिक आक्रमण गरेको र त्यसमा इरानी डिफेन्स नेतृत्वका सात जना वरिष्ठ अधिकारी मारिएको बताएको छ ।

मारिनेहरुमा अली शमखानी, मोहम्मद पाकपुर, सालेह असादी, मोहम्मद शिराजी, अजीज नसीरजादेह, हुसैन जबल अमेलियन, रेजा मोजाफरी–नीया रहेको इजरायली सेनाले जनाएको छ । यता निर्वाशित पूर्व युवराज रेजा पहलवीले शनिबार इरानी जनतालाई एकजुट हुन अपील गरेका छन् । खामेनेई मारिएको ट्रम्पको दाबीपछि उनले ‘एक स्वतन्त्र र खुसीयुक्त भविष्यका लागि एक स्थिर परिवर्तन’को समर्थन गर्न अपिल गरेका हुन् । उनले सरकारका तर्फबाट उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि कोशिस असफल पार्नुपर्ने बताएका छन् ।

अहिलेसम्म २ सयभन्दा बढीको ज्यान गइसकेको छ । छात्राहरुको विद्यालयमा गरिएको हवाई हमलामा कम्तीमा १०८ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार