मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |
मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |


झापाकाे वायाेग्यास प्लान्टमा बिर्तामोड नगरपालिकाले गरेकाे लगानी फिर्ता गर्न एकीकृत समाजवादीकाे माग

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा   कनकाई–बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा लगानी गरिएको बिर्तामोड नगरपालिकाको रकम फिर्ता गर्न एकीकृत समाजवादीले माग गरेको छ ।

कनकाई–२ स्थित सुकेडाँगीमा फोहोरलाई मोहोरमा बदल्ने जनप्रतिनिधिहरुको सो महत्वकांक्षी योजना फेल हुन लागेपछि एकीकृत समाजवादीले नगरपालिकाको रकम फिर्ता गर्न माग गरेको हो ।

बिर्तामोड नगरपालिकाले २०७९ सालमा कार्यपालिका बैठकको निर्णयबाट फोहोर व्यवस्थापन गर्ने नाममा २ करोड ५४ लाख रुपैयाँ त्यहाँ लगानी गरेको थियो । बिर्तामोडसंगै कनकाई र अर्जुनधारा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्धेश्यले कम्पनी स्थापना गरेका थिए । १७ करोड ५० लाखमा तीनवर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरी बायोग्यास संचालन गर्ने लक्ष्यका साथ ६ वर्षअघि डिपिआर तयार गरी काम सुरु गरेको कम्पनीमा हाल करिव २५ करोडको बजेट खर्च भइसकेको जनाइएको छ । ‘हाल फोहोर व्यवस्थापन नभएको र कम्पनी नै टाट पल्टिने अवस्थामा रहेकोले लगानी गरेको नगरपालिकाको सम्पत्ति तुरुन्त फिर्ता गरियोस् ’ एकीकृत समाजवादीले बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई आइतवार ज्ञापनपत्र बुझाउँदै माग गरेको हो ।

आठ महिनाअघि एक विशेष कार्यक्रमको आयोजना गरी संचालनमा ल्याइएको फोहोर वर्गीकरण (सेग्रीगेसन) मेसिन बन्द भएको छ । कुहिने र नकुहिने फोहोर वर्गीकरण (सेग्रीगेसन) गर्ने कार्यका लागि सञ्चालनमा ल्याएको मेसिन औपचारिक रुपमा उद्घाटन भई संचालनमा ल्याइएको थियो । संचालनको तीन महिना बित्न नपाउँदै स्थानीय ग्रामीण क्षेत्रमा दुर्गन्ध बढेको भन्दै उपभोक्ताले कम्पनीमा दबाब दिएपछि फोहोर वर्गीकरण (सेग्रीगेसन) गर्ने मेसिन बन्द गरिएको हो ।

भारतको अहमदावादबाट ल्याइएको सो मेसिन करिब ८८ लाख रुपैयाँको लागतमा खरिद गरिएको थियो । करिब एक करोडको लागतमा संचालनमा आएको सेग्रीगेसन मेसिनमा हाल माकुराको जालोले छोपेको छ । त्यस्तै एकीकृत समाजवादीले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको निराकार कम्पनीको ठेक्का प्रक्रिया तुरुन्त रद्ध गर्न मागसमेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ ‘विवादित निराकार भन्ने कम्पनीलाई विगतमा जिम्मेवारी दिइएको, हाल पनि उक्त कम्पनीले गरिरहेको, के यो कम्पनीको ठेक्का अवधि सकिदैन ? त्यसकारण यस्ता कम्पनीको, ठेक्का प्रक्रिया तुरुन्त रद्द गरियोस् ।’

ज्ञापनपत्रमा भूमिहीन सुकुम्बासीलाई नगरवासी बनाउनका लागि तुरुन्त धनीपुर्जा दिने व्यवस्था गर्न , धनीपुर्जा दिन नसकिनेलाई बसोबासको ग्यारेन्टी गर्न ,बिर्तामोड नगर अस्पतालको आफ्नै फार्मेसी तुरुन्त संचालन गर्न , वडाका सहरी स्वास्थ्य केन्द्रहरुमा कार्यालय सहयोगीद्वारा औषधि वितरण गरिने गरिएको हुनाले स्वास्थ्यकर्मीको व्यवस्था गर्न , बिर्तामोड नगरपालिकाभित्रका निजी विद्यालयहरुमा पहुँचवाला र आफन्तहरुलाई मात्र छात्रवृत्ति दिलाउने गरिएकोमा यसको अन्त्य गरि पाउनु पर्ने सम्बन्धित लक्षित वर्गले प्राप्त गर्ने व्यवस्था गर्न, बुधवारे देवी हाटमा तुरुन्त भवन बनाउने प्रक्रिया अगाडि बढाउन , बिर्तामोडमा ढिलासुस्ती नगरी तुरुन्त सार्वजनिक शौचालय निर्माण गर्नलगायतका १४ बुँदे माग राखेको हो ।

नगर अध्यक्ष श्रीप्रसाद सिटौलासहित झापा जिल्ला उपाध्यक्ष बासु दुलाल, झापा महिला उपाध्यक्ष सरस्वती लिम्बू, सुशिला बराल, जिल्ला सदस्य लक्ष्मण खतिवडा, नगर इन्चार्ज श्रीप्रसाद मिश्र, नगर सह–इन्चार्ज गोपी अधिकारीले संयुक्त रुपमा नगर प्रमुख प्रसाईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले कार्यपालिका बैंठकमा छलफल गरेर जायज र समाधान हुन सक्ने मागहरुलाई सम्बोधन गर्ने आश्वासन दिएकी छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार