मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |
मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

नवजात शिशु बिक्री प्रकरण
डा. कर्णसहित ६ जनालाई तीन वटा मुद्दा चल्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा । नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी अनुसार प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

पक्राउ परेको कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूती रोग विशेषज्ञ ६८ वर्षीय डाक्टर कर्णसहित ६ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

पक्राउ परेका ६ जनालाई  प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसार पोसार र ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ मुद्दा चलाउने तयारीको साथ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

‘कुन ऐन आकर्षित हुन्छ । हामी सबै तिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दशी) जुटाउने काम पनि अगाडी बढाएको छौं,’ एसपी पोखरेलले भने, ‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछौं ।’ पक्राउ परेका प्रतिवादीको कसुर अनुसारको मुद्दा दायर गर्ने तयारीको साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी पोखरेलले बताए ।

प्रहरीले यस घटनामा मंगलबार थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी,  पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको हो ।

थप पक्राउ पर्नेमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्ने मध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकत्सकका सहयोगी निर्मला लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा मार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने निस्सन्तान राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनाको हकमा बुधबार म्याद मिलान गरेर अनुसन्धान अगाडी बढाएको डिएसपी दाहालले बताए ।

कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार