मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडिँदै

देश प्रदेश डेस्क 5450+ समाचार ( )
७ मंगशिर २०८२, शनिबार

हुलाकी राजमार्गअन्तर्गत १४ वर्षअघि संझौता भएर अलपत्र छाडिएको झापाको कन्काई पुलको ठेक्का तोडिने निश्चित भएको छ ।

कन्काई पुलको ठेक्का सम्झौता १४ वर्षअघि अर्थात् २९ जेठ २०६८ मा भएको थियो । यस पुलको प्रगति अहिलेसम्म ५६ प्रतिशत मात्र छ । पुलको ठेक्का पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा लिएका हुन् । महादेव खिम्ती नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो ।

पहिला ७ सय २५ मिटर लामो यो पुलको काम सुरुमा पप्पु कन्स्ट्रक्सनले गरेको थियो । उक्त कम्पनीका मुख्य व्यक्ति हुन्, पूर्वसांसद हरिनारायण रौनियार । पुल र सडकको ठेक्का लिएर समयमै काम नसकेपछि यस कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । उसले नयाँ ठेक्का लिन पाउँदैन ।

‘कन्काई पुलको ठेक्का तोड्नुको विकल्प छैन, सूचना निकालेको १५ दिन सकिसकेको छ,’ हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले भने, ‘निर्माण सुरु भइसक्दा पनि फिल्डमा निर्माण व्यवसायीले काम गरेको देखिँदैन, त्यसैले ठेक्का तोडिन्छ ।’

अहिलेसम्म २ सय २९ वटा रुग्ण सडक र पुलका ठेक्का किन नतोड्ने भन्दै सूचना निकालिएको सडक विभागको भनाइ छ । उक्त ठेक्काहरूबारे बुझ्ने काम भइरहेको र काममा प्रगति नहुने ठेक्का तोडिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

झापाको बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न २६ असोजमा आएका बेला मन्त्री कुलमान घिसिङले अलपत्र कन्काई पुल पुगेर ठेक्का तोडेर भए पनि निर्माण कार्य अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार