मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

झापा / रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनलाई आज उद्धार गरिएको हो। उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। साहको अवस्था गम्भीर नरहेको बताइएको छ भने महर्जनको अवस्था गम्भीर रहेको जानकारी आएकाे छ।

उनीहरूलाई सुरुङभित्र करिब १७० मिटर गहिराइबाट उद्धार गरिएको जनाइएको छ। सुरुङभित्र हावाको खाली ठाउँ र सुख्खा भाग रहेकाले अन्य व्यक्ति पनि जीवितै हुनसक्ने आशामा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब ९ सय जना सम्पर्कविहीन रहेको अनुमान गरिएको छ। अपर त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा मात्रै अझै करिब ११५ जना फसेको हुनसक्ने उद्धार टोलीको अनुमान छ।

यसअघि उद्धारका लागि चीन, भारत, दक्षिण कोरिया र अष्ट्रेलियाबाट समेत विशेषज्ञ टोली परिचालन भएका छन्। सुरुङभित्रबाट आवाज वा अन्य संकेत प्राप्त हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

दुई जनाको जीवित उद्धारले सुरुङभित्र अझै जीवित व्यक्ति भेटिने आशा बढाएको छ। उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा पनि सुरुङभित्र प्रवेश गरी थप व्यक्तिको खोजी गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार