मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित

भेषराज नेपाल 155+ समाचार ( )
११ आषाढ २०८३, बिहीबार

झापा / गत असार ४ गतेदेखि बन्द गरिएका चिया उद्योग तथा वगानहरु आजबाट खुल्ने भएका छन् ।

भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) का कारण चिया निर्यातमा कठिनाइ भएकाे र पटकपटक सम्बन्धित निकायमा हारगुहार गरेपनि सुनुवाई नभएकाे भन्दै बन्द गरिएकाे थियाे ।
नेपाल सरकारले समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेपछि र प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक पहलको आश्वासन पाएपछि नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका उद्योगहरू आजैका मितिदेखि पुनः सञ्चालन गर्ने प्रेस विज्ञप्ति जारी गर्दै निर्णय गरेको हो।

भारतीय नीतिका कारण चिया निर्यात रोकिँदा झापा र इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका थिए। सरकारले बेलैमा सुनुवाइ नगरेको भन्दै व्यवसायीहरूले आन्दोलन स्वरूप उद्योगहरू बन्द गरी पत्रकार सम्मेलन र विज्ञप्ति मार्फत आफ्नो विरोध सार्वजनिक गरेका थिए।
चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानका समस्या पहिचान गर्न र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित नेपाल सरकारले विशेष कार्यदल गठन गरेको कार्यलाई सङ्घले सकारात्मक रूपमा लिएको छ।
यसैक्रममा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा राजधानी पुगेको प्रतिनिधिमण्डललाई सम्माननीय प्रधानमन्त्रीको कार्यालयबाट कूटनीतिक तथा प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको छ।
बगानमा किसानहरूको हरियो चियापत्ति हुर्कँदै गएको संवेदनशील अवस्था र चिया मजदुरहरूको दैनिक गुजारामा परेको प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सङ्घले उद्योगहरू सधैँका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर गरेको हो।
सङ्घले आफ्नो मागमा ऐक्यबद्धता जनाउने सम्पूर्ण चिया उद्योगी, किसान, मजदुर, राजनीतिक दल, वस्तुगत संघ–संगठन, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा सञ्चारकर्मीहरू प्रति हार्दिक आभार प्रकट गर्दै चिया क्षेत्रको दिगो समाधानका लागि नेपाल सरकारप्रति धन्यवाद समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै