मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

मोटरसाइकलको ठक्करबाट बाह्रदशीमा पैदलयात्रीको मृत्यु, एक घाइते

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा  ।  मोटरसाइकलको ठक्करबाट झापाको बाह्रदशीमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– १ नयाँ बस्तीका ४२ वर्षीय च्याङवा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति ९ बजे बाह्रदशी गाउँपालिका– २ जनता बजारस्थित भित्री सडकखण्डमा कुटीबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

घाइते तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा आज बिहान पौने १२ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार कचनकवल गाउँपालिका– १ का अन्दाजी १९ वर्षीय श्रवण राजवंशीसमेत घाइते भएका थिए । निधार र टाउकोमा चोट लागेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकल चालक कचनकवल गाउँपालिका –१ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएको  प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार