मुख्य समाचार
झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु | एउटै डुङ्गाका तीन माझी: रास्वपा महाधिवेशनमा संघीयताको 'त्रिकोणात्मक फन्डा' र विश्लेषकको नजर | भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्प, व्यापक मानवीय क्षतिको आशंका | शिवसताक्षीको बजेट ९४ करोड ८७ लाख ५६ हजार | भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी | झापा गाउँपालिकाकाे बजेट ५३ करोड ९३ लाख ९९ हजार | अर्जुनधाराकाे बजेट ८९ करोड ८५ लाख |

जगंली हात्तीका कारण झापामा चालु आवमा ६ जनाको मृत्यु

Desh Pradesh News 1+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

                                                            सांकेतिक तस्वीर

झापा मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किँदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन् । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्‍यो”, घाइते भीममायाका पति डिल्ली राईले भने,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।” हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरू अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट गर्‍यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल  दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ”, श्रेष्ठले भने,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !” डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको र १३ जना घाइते भएकाे बताए । सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उनले जानकारी दिए ।

यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्ध नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठुलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन । 

गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् । वर्षौदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि  डेढलाख ऋण काड्नुपर्ने अवस्थाले  थप समस्यामा पारेको छ । 

यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको मृत्यु र एक घाइते भए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो । 

वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको टेवुल सार्ने क्रममा विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार