मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

झापा / सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भई ठक्कर दिने टिपरमा आगजनी समेत गरेका छन्।

बुधबार राति ८ बजे जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय  सचिन साह गुप्ता गुप्तालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई राति ९ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनापछि चालक फरार भएको र टिपर घटनास्थलमै रहेको जानकारी पाएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । उनीहरुले टिपर हटाउन अवरोध सिर्जना गरेका थिए। प्रहरीको टोलीले सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीडले ट्रिपरमा आगजनी गरेका थिए। आगलागीपछि टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमान्डमा १३ जनाको टोलीसहित अन्य नजिकका प्रहरी कार्यालयबाट थप टोली खटाइएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

टिपरलाई राति सवा २ बजे क्रेनको सहायताले तानेर  जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार