मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर कारागार चलान

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो।

बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।

नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए। ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए।

सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

दिल्लीबाट ल्याएर बागलुङ पठाइएका मेयर नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा छन्। कास्की जिल्ला अदालतले नेपालीलाई बागलुङ कारागारमै थुनामा राख्ने गरी आदेश भएको सूचना अधिकारी आचार्यले बताए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ। इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो।

नेपालीलाई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा पनि ठगी अभियोग छ। सुर्यदर्शनको उपाध्यक्ष रहेका बेला नेपालीको खातामा सहकारीबाट ७७ लाख ५० हजार रुपैयाँ अनधिकृत रुपमा गएको र उक्त रकम अहिलेसम्म फिर्ता नगरेको सरकारी वकिलले पेश गरेको जाहेरीमा उल्लेख छ।

सुर्यदर्शन सहकारीको मुद्धामा गत विहिबार जिल्ला अदालतका न्यायाधीश कृष्णजङ्ग शाहले २० लाख रुपैयाँ धरौटीमा छाड्न अदेश दिएका थिए। अदालतका सूचना अधिकारी आचार्यका अनुसार नेपालीले सुर्यदर्शन सहकारी ठगी अभियोगमा अदालतले मागेको धरौटी रकम नेपालीले बुझाएका छैनन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै