मुख्य समाचार
भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार |

६५ लाख बढी रकमसहित दाङका युवक पक्राउ

देश प्रदेश डेस्क 5435+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

झापा / स्राेत नखुलेकाे ६५ लाख १७ हजार रकमसहित  दाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहनगरपालिका-६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो ।

केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको साेही रकम बरामद गरिएको प्रहरीले बताएकाे छ। केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका थिए । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको प्रहरीले बताएकाे हाे।

काठमाडौंको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभरी निगरानी गरेको थियाे। केसीलाई मंगलबार सोही रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार