बन्दीगृहमा याेगदान पुर्याउने तीन दर्जनभन्दा बढीलाइ सम्मान

देश प्रदेश डेस्क 5134+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

झापा बन्दी विकास पुस्तकालयको २९ औँ वार्षिकोत्सव तथा २८ औँ साधारणसभाका अवसरमा बन्दीगृहमा पुर्याएको सहयोग, सद्भाव र योगदानको उच्च कदर गर्दै तीन दर्जनभन्दा बढीलाइ सम्मान गरिएको छ ।

 बन्दी विकास पुस्तकालयका अध्यक्ष एवम आन्तरिक प्रशासन प्रमुख मनोज लावतीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख आतिथ्यमा सम्मान गरिएकाे हाे । 
 झापा सुधार गृह परिसरमा शुक्रबार आयोजित  कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाका सचिव रमेश पोखरेलले प्रस्तुत गरेका थिए ।
बन्दी गृहमा रहेका नागरिकलाइ सरकारले दिदै आएको सिदाले दैनिक गुजारा टार्न मुश्किल भएको ,असल चालचलन भएका कैदीहरुलाइ दिदै आएको छुटको व्यवस्थामा अङ्कुश लगाइएकोले बन्दीहरु पीडामाथि झन पीडा थपिएको प्रतिवेदनमा उल्लेख छ । कारागार भित्र विभिन्न रोगको स्वास्थ्य परीक्षण शिविर,योग साधना , प्राकृतिक प्रकोपका समयमा विभिन्न स्थानमा सहयोग लगायत आन्तरिक भौतिक निर्माण कार्य गरिएको जनाइएको छ । विगत भन्दा कारागार केही फराकिलो भएपनि अझै असहज भइरहेकोले स्तरोन्नति आवश्यक देखिएको माग राखेका थिए ।
 बन्दी पुस्तकालयका सल्लाहकार कृष्ण राइ र बन्दी ब्याण्डका कलाकारहरुबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पराजुलीले असल मान्छेलाइ घेराबन्दीमा राखेर देश नबन्ने बताए । जेन्जी आन्दोलनमा झापा कारागारले देखाएको अनुशासनले देशभरीलाइ नै नमुना बनाएको उल्लेख गरे ।
सचिव पोखरेल र सृजना निङ्लेखुले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका कैदीहरुको तर्फबाट हुनेगरी उल्लेखनिय कार्यक्रम प्रदान गरिने आश्वासन दिए । त्यसैगरी पत्रकार चन्द्र भण्डारी,जेलर रेवन्त भट्टराई,प्रदेश साँसद भूमीप्रसाद राजवंशी, विघटित प्रतिनिधि सभा सदस्य एलपी साँवा लगायतले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमका अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागितामा विभिन्न सांस्कृतिक कार्यक्रम  प्रस्तुत गरिएको थियो ।
 हाल कारागारमा १५५७ पुरुष ,७७ महिला र एक नाबालक रहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार