मुख्य समाचार
भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु |

भद्रपुर ७ नं. वडा कार्यालयद्धारा टोल विकास संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5333+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

झापा भद्रपुर नगरपालिका ७ नं. को वडा कार्यालयले नवगठित टोल विकास संस्थाका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले टोलमा गर्नुपर्ने काम,कर्तव्य र अधिकारका वारेमा जानकारी गराएका थिए ।
विकास भनेको सडक, विजुली , पानी मात्र नभइ व्यक्तित्व विकास, घरेलु उद्योग लगायत स्वरोजगार बन्नु चाही दीर्घकालीन विकास भएको उनको धारणा थियो । टोलमा देखिएका सामान्य समस्या टोलबाट नै समाधान गर्न र बाँकी कामहरुका लागि वडा तथा नगरसँग समन्वय गरी टोललाइ जसरी भएपनि समृद्ध र सुन्दर वनाउन उनले अनुरोध गरेका थिए ।

बार्षिक कार्ययोजना बनाएर कार्यक्रम गर्ने र आकस्मिक वाहेक तीन÷तीन महिनाको पहिलो शनिबार टोल विकास संस्थासँग अन्तरक्रिया गर्ने निधो गरिएको वडा अध्यक्ष ढुङ्गानाले जानकारी दिए । कार्यक्रममा टोल विकास संस्था सञ्चालन कार्यविधि,नगर पुस्तिका सहित प्रत्येक टोल विकासलाई एकथान स्प्रे टंकी प्रदान गरिएको उनले जनाए ।

वडा सचिव ललिता थापाले सहजीकरण गरेको कार्यक्रममा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिले टोलमा देखिएका समस्या र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडासदस्य कुपितनारायण राजवंशी, केदार प्रसाद निरौला,भिभा पासवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार