मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापाका १७ सहित सीमा नाकाबाट १७४ जनाको उद्धार

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

                                                                             सा‌‌केतिक तस्वीर

झापा । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले एक वर्षमा नेपाल–भारत सीमा नाकाबाट झण्डै दुई सयजना महिला तथा बालबालिकाहरूको उद्धार गरेको छ ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको अवस्थामा नेपाल–भारत मोरङको सीमा नाकाबाट सन् २०२३ देखि सन् २०२४ फेबु्रअरीसम्म १ सय ७४ जनालाई उद्धार गरेको हो । उद्धार गरिएकामध्ये सबैभन्दा बढी मोरङका रहेको जानकारी गराएको छ । भारत जाने क्रममा नाकाबाट मोरङलगायत २२ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचबिखन हुनबाट जोगाएको  माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।

कुन जिल्लाबाट कति भए उद्धार ?

मोरङबाट ५४ जना उद्धार गरिएको पोखरेलले जानकारी दिए । उद्धार गरिएका ५४ मध्ये विराटनगरका ११ जना रहेका छन् । बेलबारीका ६, सुन्दरहरैंचाका ८, रङ्गेलीका ६, रतुवामाईका ६, सुनवर्षीका ३, पथरीशनिश्चरेका १, उर्लाबारी नगरपालिकाका २, धनपालथानका ३, ग्रामथानका २, कानेपोखरीका २, कटहरीका २ र बूढीगङ्गा गाउँपालिकाका १ जनाको उद्धार गरिएको माइती नेपालको अभिलेखमा देखिन्छ ।

यसैगरी कोशी प्रदेशको १४ वटा जिल्लाबाट मात्र १ सय ६३ जनाको सीमा नाकाबाट उद्धार गरिएको पोखरेलले बताए । सुनसरीका ३४, झापाका १७, उदयपुरका १०, सङ्खुवासभा ६, सप्तरी ८, तेह्रथुम ६, भोजपुर ११, इलाम ६, खोटाङ ५, सिन्धुली र पाँचथरका १–१ जनाको उद्धार गरेको तथ्याङ्कमा देखिन्छ । यस्तै सिरहाका ४, ताप्लेजुङका २, धनुकटाका २, म्याग्दी, कैलाली, काभ्रे, रौतहट, रूपन्देही, धनुषा र ओखलढुङ्गाका १५ जनाको उद्धार गरिएको छ ।

बेचिनेमा जनजाति समुदायका महिला बढी
उद्धार गरिएकामध्ये सबैभन्दा बढी जनजाति सामुदायका महिलाहरू रहेको पाइएको छ । माइती नेपालले उद्धार गरेकामध्ये १८ वर्षभन्दा माथिका युवतीहरू धेरै छन् । १८ वर्षभन्दा माथिका १ सय ३२ जनालाई उद्धार गरेको माइती नेपालका संयोजक विनोद पोखरेलले जानकारी दिए । १८ वर्षभन्दा मुनिका ४२ जना किशोरी रहेका छन् । ‘किशोरी र युवतीहरूलाई विभिन्न प्रोलभनमा पारी यौन कर्ममा लगाउन पनि लगेको पाइएको छ’ उनले भने, ‘मानव बेचबिखनमा अहिले नयाँ तरिका अपनाउने गरेका पाइएको छ ।’ सीमावर्ती क्षेत्रमा सामाजिक सङ्घ–संस्थाहरूले सक्रियता बढाएपछि मानव बेचबिखन गर्ने गिरोहले नयाँ तरिका अपनाउने गरेको उनले बताए ।

‘गाउँका सिधासादा किशोरीहरूलाई आकर्षक तलब हुने भनेर यहाँबाट फकाएर लैजान्छन् । भारततिर पुर्याएपछि वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ’ उनले भने, ‘बेचबिखन गर्न लैजाने गिरोहले सबैभन्दा बढी सामाजिक सञ्जाल, भाइबर र वाट्स एप प्रयोग गरेको पाइएको छ ।’ दिउँसोभन्दा राति र बिहानको समयमा बेचबिखन गर्न लैजाने गरेको बताइएको छ । एक वर्षमा माइती नेपालबाट १३ हजार ८ सय ८३ जनाले सेवा पाएको अभिलेखमा देखाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार