मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

गैरपत्रकारलाई सदस्यता वितरण गर्ने महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ । 

 प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द विपरित गएर पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिएको भन्दै नेपाल पत्रकार महासंघप्रति आक्रोश व्यक्त गरेका हुन् ।

शनिवार काठमाडौंमा प्रेस चौतारी नेपाल, बामगती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उहाँले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिरहेकाले त्यस बिरुद्ध महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए । अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्ड विपरित महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने पटकपटक दोहोर्‍याए ।

कार्यक्रममा चौतारीको वागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार भने प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार