मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

देश प्रदेश डेस्क 5336+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रमुख अतिथि हार्तम्छालीले फोटोग्राफी समाजमा सबैभन्दा सरल, छिटो र प्रभावकारी सञ्चार माध्यम भएको उल्लेख गर्दै यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो। सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थागत रणनीतिहरूबारे जानकारी गराउनुभयो। अध्यक्ष वन्तले आगामी कार्यकालमा फोटो पत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभयो।

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति भएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमताको अभिवृद्धिलाई थप सशक्त बनाइने उल्लेख गर्नुभयो।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरणसहितको आर्थिक प्रतिवेदन पेश गर्नुभयो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ एनएफपिजेका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार