मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

उत्कृष्ट कर्मचारी, एजेन्ट र फर्मलाई भद्रपुर भन्सारले गर्याे सम्मान

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ माघ २०८१, आइतबार

झापा   ७३ औं अन्तराष्टिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सार कार्यालयले उत्कृष्ट कर्मचारी, भन्सार एजेन्ट र फर्मलाई सम्मान गरेको छ ।  आइतबार ७३ औं अन्तराष्टिय भन्सार दिवसको अवसरमा उत्कृष्ट कर्मचारीतर्फ नायब सुब्बा हरिप्रसाद गुरागाईँ, कम्प्युटर अपरेटर रूपकराज अर्याल, लेखापाल सञ्जय दाहाल र कार्यालय सहयोगी ज्ञानबहादुर कार्कीलाई सम्मान गरेकाे हाे । 

त्यस्तै भन्सारको राजश्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत उत्कृष्ट भन्सार एजेन्टतर्फ अनुराग गड्तौला, उत्कृष्ट फर्महरू महावीर ट्रेडिङ, शिव स्टोर्स, नवयुवक सुर्ती उद्योग र के.आर.एस भेन्चर्सलाई सम्मान गरिएको थियो । उनीहरूलाई भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, भन्सार प्रमुख अर्जुन सिटौला लगायतले सम्मानपत्र वितरण गरेका थिए । भद्रपुर नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन भन्सारका नायव सुब्बा डिल्ली आचार्यले गरेका थिए ।

भन्सार दिवसको अवसरमा भन्सार कार्यालय परिसरदेखि मेची पुलसम्म भन्सार कर्मचारी, वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सुरक्षा गुल्म भद्रपुरले संयुक्त रुपमा सरसफाइ गरेका थिए । त्यसैगरी झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यमा भेटघाट तथा चियापान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार