मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

धरानका नगर प्रमुख राईले गरे फायल कब्जा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुकाे भुक्तानिका लागि लेखा शाखामा पुगेका फाइल कब्जा गरेका छन् ।

नयाँ आर्थिक वर्षको बजेट भाषण र नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकिरहेका बेला चालु आर्थिक वर्ष २०८१/०८२ का योजनाको भुक्तानी फाइल राईले ‘चेक गर्ने’ नाममा कब्जा गरेका हुन् ।

प्रमुख राईले फाइल चेक गर्ने मेराे पनि अधिकार छ भन्दै चेक गर्ने वहानामा फाइल कब्जा गरेकाे जनप्रतिनिधिहरुले आराेप लगाएका छन् ।

नगर प्रमुख राईले असार १६ गते लेखा शाखाबाट फायल लगेको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । यस विषयमा आफूले हेर्नका लागि फायल ल्याएको नगर प्रमुख राईले पनि सकारेका छन् । केही दिनअघि तारजाली लगाएको भुक्तानीका विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुख राईले ‘कारण खुलाई पेस्नू हुन’ भन्दै आदेशात्मक पत्राचार गरेका थिए । उनले उक्त पत्र असार १९ गते प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र पठाएका छन् ।

सम्पन्न भएका योजनाहरूको भुक्तानीका लागि लेखा शाखामा फायल पुगेको थियो । नगर प्रमुखको हर्कतलाई लिई उपप्रमुखसहित २९ जना कार्यपालिका सदस्यहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । उनले ध्यानाकर्षण पत्र बुझ्दै भने, “फायल हेर्ने अधिकार मेरो पनि हो । फायल हेर्न पाउनुपर्छ ।”

यसो भनिरहँदा उनले तारजालीको विषयलाई पनि उठाएका थिए । उनले थपे, “धरान–१६ को फायल चाहिँ किन रोकियो; त्यसको जवाफ चाहियो मलाई ?” यसले पनि जनप्रतिनिधिहरूले गरेको अनुमान प्रमाणित भएको छ । नगर प्रमुखकको हर्कतका विषयमा ध्यानाकर्षण पत्र बुझाउन गएका वडाध्यक्षहरूले भने, “पर्सी (असार २४) गतेभित्र भुक्तानी नदिए मेयर सा’व आफै जिम्मेवार हुनुपर्छ ।”

असार २४ गतेसम्म भुक्तानी नभए उक्त योजनामा आएको रकम फ्रिज हुने अवस्था आउँछ । सङ्घ तथा प्रदेशबाट आएको सशर्त अनुदानको हकमा भने पुनः सङ्घ तथा प्रदेशमै फिर्ता हुने भएकाले सोही शीर्षकमा बजेट नआउने वडाध्यक्षहरूले बताए । लेखा शाखाबाट फायल लिएको गएको विषयलाई उपप्रमुख बेघाले ‘फायल अपहरण’ भनी बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार