मुख्य समाचार
| भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ |

आफैंले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ हवल्दार निलम्बित

देश प्रदेश डेस्क 5334+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

झापा काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बनमा परेका छन् । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो । महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘आज जसजसले अनुशासनको उलंघन गर्नुभयोे, सबै हवल्दारहरु निलम्बन भइसके ।’

उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार भएकाले जथाभावी गर्न नपाउने बताए । ‘पार्टी प्यालेस, होटल, चौरमा वा अन्य ठाउँमा दज्र्यानी चिह्न जसले पायो, त्यसले बाँड्ने होइन, महानगरले आधिकारिक कार्यक्रम मात्रै गरेर बाँड्ने कुरा हो’, उनले भने ।

ती नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् ।

एक हवल्दारले अनलाइनखबरसँग भने, ‘आफ्ना अभिभावकहरु मार्फत हामीले फुली लगाएका हौं । बढुवा भएपछि पनि कार्यालयले वेवस्ता गरेपछि अभिभावको हातबाट बढुवा भएपछिको पदको दज्र्यानी चिन्ह लगाएका हौं ।’

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ती नगर प्रहरीले अनुशासनको उलंघन गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै