मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

नयाँ दिल्लीमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ कार्तिक २०८२, शनिबार

झापा / भारतले राजधानी नयाँ दिल्लीमा कृत्रिम वर्षाका लागि पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण सञ्चालन गरेको छ ।

दिपावलीको अवसरमा अत्यधिक पटका पड्काएका कारण दिल्लीको वायुमण्डलमा जमेको घातक धुवाँको प्रदूषण हटाउन कृत्रिम वर्षा गराउनका लागि पानी पार्ने बादल बनाउन विमान मार्फत रासायकिन प्रक्रिया परीक्षण गरिएको हो ।

विशेषतः नुन वा अरू रासायनिक पदार्थ बादलमा ‘फायर’ गर्ने प्रक्रियालाई क्लाउड सिडिङ भन्ने गरिन्छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरसँगको सहकार्यमा दिल्लीको उत्तरी क्षेत्र बुराडीमा सेस्ना विमानबाट क्लाउड सिडिङको परीक्षण गरिएको हो । यो क्लाउड सिडिङले काम ग¥यो भने ढिलोमा एक साताभित्र वर्षा हुनसक्ने छ ।

तीन करोडभन्दा बढी जनसंख्याको शहर नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीमा पर्दै आएको छ । दिल्ली आसपासका हरियाणा, पञ्जावलगायतका राज्यहरुमा धानबाली भित्र्याएपछि परालमा आगो लगाउने चलनका कारण पनि दिल्लीको वायुमण्डल धुवाँले ढाकिने गरेको छ । क्लाउड सिडिङ कृत्रिम वर्षाका लागि मात्रै नभएर संभावित वर्षा रोक्न पनि प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै