मलाई नसुनाइएको मेरो बुबाको मृत्यु खबर

देश प्रदेश डेस्क 5156+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

म्यासेन्जरमा आमाले लगातार फोन गरिरहनु भयो, आमाको त्यो दैनिकी जस्तै हो। बिहानको समय उनी ( धनु भट्टराई ) र म निक्कै व्यस्त रहन्छौँ। धुलाबारी मावि उनको सेवारत विद्यालय हो।  उनले बिहान ६. १५ मा विद्यालय पुग्नैपर्छ। यो एउटा शिक्षकको काम र जिम्मेवारी । त्यो उनको नियमित ड्युटी नै हो, त्यो। यही पुस ५ गते बिहान ७ .४५ देखि म्यासेन्जरमा आमाको फोन आइरह्यो । आमाको तारन्तर फोन आएपछि मैले रिसिभ गरेँ। तीनपटकसम्म उठाइनँ। चौथो पटकको उठाएँ। आमाको हतास आवज - बुबा सारो हुनुभो तँ हिडिहाल। 

झापाको धुलाबारी बस्दै आएको मैले तत्काल गाडी बोलाएँ। गाडी आउँदासम्म मैले उनलाई पुनः विद्यालय पुर्‍याएँ। कोठामा फर्किएर लुगा लगाएँ, गाडी लिएर सम्बोधन गर्ने साइनो सालो। कृष्ण पोखरेल धुलाबारी आए। केही कपडा झोलामा हालेर म हतपत हिडेँ। त्यसबेलासम्म मैले दाइ कृष्ण र भाइ विनोदलाई फोन गर्न भ्याइसकेको थिएँ। बुबा बिरामी भएको अशुभ खबर सुनाएर उनीहरूलाई झट्टै दमक निस्केन भनेँ। कृष्ण पोखरेल र म दमक आइपुग्नु अगामै दाइ र भाइ गौरादहको दहगाउँबाट दमक आइसकेका थिए। हामी तीन दाजुभाइ रफ्तारमा हुइकियौँ, तर दुर्भाग्य बुबालाई जीवितै भेट्न हाम्रो अभिलाषा  विफल बन्यो। 

म्यासेन्जरमा आमाले लगातार फोन गरिरहनु भयो, आमाको त्यो दैनिकी जस्तै हो। बिहानको समय उनी ( धनु भट्टराई ) र म निक्कै व्यस्त रहन्छौँ। धुलाबारी मावि उनको सेवारत विद्यालय हो।  उनले बिहान ६. १५ मा विद्यालय पुग्नैपर्छ। यो एउटा शिक्षकको काम र जिम्मेवारी । त्यो उनको नियमित ड्युटी नै हो, त्यो। यही पुस ५ गते बिहान ७ .४५ देखि म्यासेन्जरमा आमाको फोन आइरह्यो । आमाको तारन्तर फोन आएपछि मैले रिसिभ गरेँ। तीनपटकसम्म उठाइनँ। चौथो पटकको उठाएँ। आमाको हतास आवज - बुबा सारो हुनुभो तँ हिडिहाल। 

झापाको धुलाबारी बस्दै आएको मैले तत्काल गाडी बोलाएँ। गाडी आउँदासम्म मैले उनलाई पुनः विद्यालय पुर्‍याएँ। कोठामा फर्किएर लुगा लगाएँ, गाडी लिएर सम्बोधन गर्ने साइनो सालो। कृष्ण पोखरेल धुलाबारी आए। केही कपडा झोलामा हालेर म हतपत हिडेँ। त्यसबेलासम्म मैले दाइ कृष्ण र भाइ विनोदलाई फोन गर्न भ्याइसकेको थिएँ। बुबा बिरामी भएको अशुभ खबर सुनाएर उनीहरूलाई झट्टै दमक निस्केन भनेँ। कृष्ण पोखरेल र म दमक आइपुग्नु अगामै दाइ र भाइ गौरादहको दहगाउँबाट दमक आइसकेका थिए। हामी तीन दाजुभाइ रफ्तारमा हुइकियौँ, तर दुर्भाग्य बुबालाई जीवितै भेट्न हाम्रो अभिलाषा  विफल बन्यो। 

बुबा ११.३५ मा हामीसँगको भौतिकसाथ छोडेर सदाका लागि अलप हुनुभयो।   गारो भएको आमाको अल्प खबरसँगै म बुबालाई एम्बुलेन्समा धरान, विराटनगर वा बिर्तामोडको सुबिधा सम्पन्न अस्पतालमा चेक गराउने हुटहुटीमा लागिरहेँ। आमाको खबरपछि मैले काका मुक्ति, भाइहरु बद्री, दीलिप र भुवनलाई छिटो पठाइदिन निरन्तर दबाब दिइरहेँ। तर, त्यो दबाब सार्थक बन्न सकेन। अवस्था अन्तिम भइसकेको रहेछ। बुबा बिरामी भएको केही क्षणमै बित्नु भयो। मैले निरन्तर दबाब दिएपछि भाइ बद्रीले एम्बुलेन्समा उनको ठुलोबुबालाई धरानसम्म ल्याउन कोसिस गरेँ। 

बुबाको अवस्था जटिल भनेसँगै भाइ बद्रीको त्यो प्रयास निरर्थक बन्यो। बुबालाई कहिँ लानै भ्याइएन। बिहान ११. ३५ मा भौतिक रूपमा बुबा सदाका लागि यो धराबाट  अस्ताउनु भयो।   बुबा धार्मिक व्यक्तित्व । हरेक बिहान - बेलुका पूजापाठ गर्नै पर्ने। गायत्री जप्ने, पितृलाई सम्झने- तर्पण दिने, पाञ्चायन पुज्ने, चण्डी पाठ गर्ने। जुठो, सुतक बाहेक उहाँको यो दैनन्दिनको कर्म हो। बुबा त्यसकै तयारीमा जुट्नु भएको रहेछ। बुबाले सक्नु भएन, त्यो दिन पूजा गर्न भ्याउनु भएन। 

बुबाको छ दशक लामो पूजायात्रामा त्यही दिनदेखि सदाका लागि पूर्णविराम लाग्यो। पुस ५ मा पनि बुबा सखारै उठ्नु भयो। लघुशंका र सोच गरेर , स्नान पनि सक्नु भयो। घरको बलेसीमा धारा आउँछ। ड्रममा पानी भरिएको हुन्छ, भरिन्छ। तर, बुबाले त्यो ड्रमको पानीले कहिल्यै नुहाउनु हुन्न। त्यो दिन पनि बुबाको पहिलाकै दैनिकी दोहोरियो। भञ्ज्याङ पुग्नु भयो। नुहाउनु भयो। घरदेखि   त्यहाँसम्म जान  धेरैमा २ मिनेट लाग्ला ।

बुबाले नुहाउनु भयो, पूजापाठका लागि शुद्ध पानी बोकेर घर आइपुग्ना साथ असहज महसुस गर्नु भयो। तुलसाको मोठमा पानी राख्नु भयो। आमालाई भन्नुभयो - ओइ! मलाई चिसो भयो, असजिलो भयो। बाँकी बोल्नु भएन। हाम्रो घर भोजपुर पहाड हो, हाम्रो सामान्य घर छ। घरको बाहिर तीनवटा खाट छन्। जसमध्ये बीचको खाटमा मात्रै बुबा बस्नु हुन्छ, हुन्थ्यो । बुबा अन्तिम पटक त्यही खाटमा ढल्कनु भयो। बुबाको अन्तिम अवस्था भइसकेको रहेछ। बुबा डिल्लीप्रसाद गौतमले मेरी आमा चित्रकुमारी गौतमसँग अन्तिम वाक्य  बोल्नु भयो - केटाकेटी अत्याउने भइ यसले । यो नै बुबाको अन्तिम वाक्य थियो। 

जतिबेला बिहानको ७.५७ बजेको थियो। उहाँले इसाराले आमालाई फोन गर्न रोकिरहनु भयो। बुबा जतिबेला खाटमा बस्नु भयो, उतिबेला नै अन्तिम सास फेर्नु भएको रहेछ। मलाई आमाले फोन गर्दा सारो भन्नू भएको मात्रै रहेछ। छोरोले पीर मान्छ, आत्तिन्छ भन्ने आमाको निष्कर्ष रह्यो। त्यो सुझबुझपूर्ण निर्णय हो। 

बाबुआमाले सधैं सन्तानलाई सानो देख्नु स्वभाविक हो, यो  परम्परा नै हो। मेरा अभिभावकले त्यही गरिरहनु भयो। राजेन्द्र आत्तिन्छ भन्नेमा उहाँहरुको सोचमा कुनै खोट छैन। बुबा लिन आइज मात्रै भनिरहनु भयो। त्यो असम्भव भयो। तर, मैले आमाको फोनसँगै बुबालाई एम्बुलेन्समा हालेर पठाइदिन दबाब दिइनै रहेँ। 

म झापाबाट हिँडेदेखि किन्न भनेर म्यासेन्सरमा औसधिको नाम पठाइयो । मैले धरानमा आएर औषधि खोजें, भेटिएन। औषधि नभेटिएको मेरो जवाफसँगै नखोजी रहनु छिटो आउनु मात्रै भनियो । फेरि मैले पाख्रीबासमा आएर त्यो औषधि खोजेँ, भेटिएन। फोन गरेँ र भने औषधि भेटिएन। भनियो -  त्यो औषधिको अब काम छैन। त्यसबेला मात्रै थाहा भयो, अब मेरो बुबा रहनु भएन। फेरि फोन गरें, साँच्चो भन्नू न ! जवाफ थियो - त्यस्तो होइन, तँ छिटो आइजँ। म पाख्रीबासबाट हिँडेपछि फोन गर्न छाडिदिएँ। किनकि, उहाँहरुलाई  फोन होइन, अरुनै पीडाले निलेको थियो। 

अभिभावक गुमाएको पीडा उहाँहरु सहन गरिरहनु भएको थियो। भैँसेदेखि तल झरेपछि हामी चढेको कारको ब्रेक लागेन। केही समय बस्नै पर्ने भएपछि बुबाकै विषयमा कुरा गर्दै केहीबेर बस्यौँ। गाडी तातेर ब्रेकमा समस्या आएको रहेछ। बिना मर्मत केहीबेरमै गाडी ठिकठाक भयो। हामी गाडी चढ्यौँ। मैले गाडीको रफ्तार बढाउन भनेँ। पहाडी सडकै भएपनि  गाडी ८० को स्पीडमा गुड्न थाल्यो। हामी जरायोटार आइपुगिम्। इन्ट्री गर्नु पर्ने नियम रहेछ। गाडी प्रहरी चौकी अगाडि रोकियो। म गाडीबाट हतपत उत्रिएँ। सडकमा उभिएका प्रहरीले सोधे - कहाँ जाने हो। मैले भनेँ - पाउली । उनले भने - पर्दैन, जानुस् जानुस् । पण्डितबाकोमा हिड्नु भएको ? प्रहरीले हतारमा जानुस् र इन्ट्री पनि गर्नु पर्दैन भनेपछि मेरो बुबा बितिसकेको प्रष्ट भयो । 

जरायोटारबाट हाम्रो घर पाउली पुग्न ३ किलोमिटर जति छ। हामी घरमा आउँदा बुबालाई तुलसाको मोडमा लडाएको रहेछ। घरमा सयौं मानिस जम्मा हुनुहुन्थ्यो। मैले हतारमा बुबाको मृतमुख हेरेँ। मलाई केले किच्यो किच्यो। अत्ताल्लिएरै सम्हालिने कोसिस गरेँ,सम्हालिएँ। केश मुण्डन गर्न भनियो। मैले अडान कसेँ। आज बुबालाई घाट लगिन्न भन्ने। मरो अडान फिक्का सावित भयो। दाहसंस्कार गर्ने वैरेनी घाटामा सयौँ आफन्त र शुभचिन्तक भेला हुनु भएको रहेछ। चिता नै बनाइसकेको रहेछ।

आफन्त, शुभचिन्तकको बाक्लो उपस्थिति।  घनघोर पीडाले थिचिएरै मैले निर्णय गरेँ - चिता नै बनाइसकेपछि बुबाको शव भोलिपल्टसम्म राखिरहनु हुन्न। बुबानै नरहेपछि जिद्दी गर्नुको के अर्थ ! म आफन्त र शुभचिन्तकको मन नदुखाउने निर्णयमा पुगेँ - केवल मलाई पर्खनु भएको हो, उहाँहरुलाई, किन खिन्न बनाउने! बुबाको दाहसंस्कार त्यही दिन गरियो। हजार कोसिस गर्दा पनि घाटबाट फिर्न मन लागेन। मेरो दिमाग बेसुरा भइरह्यो। जेनतेन राति १ बजे घर आइपुगियो। बुबा वियोगको पीडा सहन गर्नुको हामीसँग कुनै विकल्प छैन। 

मलाई थाहा छ, हामीले जतिनै अलाप गरेपनि अब बुबा कहिल्यै फिर्नु हुन्न। उहाँसँगको भौतिक संगत सदाका लागि निमषभरमा टुङ्गियो। तर बुबा मसँग अझै नजीक हुनुभएको छ। म अब जता जान्छु बुबा त्यतै जानुहुन्छ। मैले जसरी हेर्न चाह्यो, त्यसरी हेर्न सक्छु।जत्रो आकृति दियो, त्यतै बनाउन सक्छु। बाहिर होइन, अब मभित्र बुबा हुनुहुन्छ। मेरो साथ, मस्तिष्क र सोचमा बुबा हुनुहुन्छ। नकि, अन्यत्र बाहिर। मैले यत्ति बुझेँ। सबैलाई थाहा छ, मृत्यु कसैका लागि प्रिय हुन्न। मलाई चाहिँ यतिमात्र थाहा छ, अभिभावक  आफन्त, शुभचिन्तक, प्रियजनका लागि म अझै परिपक्व भएको छैन।

 सत्य यही हो, म यो विषयमा अपरिपक्व छु। तर, योभन्दा ठूलो कुरा मप्रति राखिएको सद्भाव र सुझबुझ हो। म आत्तिनु हुन्न र निरास बन्नु हुन्न। सांसारिक नियमलाई उहाँहरुले गरेको प्रयास मेरो जीवनमै स्तुत्य रहने छ। मेरो बुबाको मृत्युको असह्य खबर नसुनाएरै देखाउनु भयो, यसले अघाध स्नेह र सद्भाव दर्साउँछ। जसले मलाई झापामा हुँदा बुबाको मृत्युको खबर सुनाएको थियो भने म आत्तिन सक्थेँ, असहज हुन सक्थेँ, बेहोस हुन सक्थेँ। बुबाको मृत्युसँगै अर्को असहजता हुन सक्थ्यो। 

बुबालाई भौतिक रूपमा नभेटेपनि भावनात्मक रूपमा सबैको समीपमा रहेछु। त्यसैले बुबाको मृत्युको खबर मलाई हठात नसुनाइएको रहेछ, सिदै नभनिएको रहेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार