मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

दमकमा एमालेले आज जागरण सभा गर्दै ,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
३० चैत्र २०८१, शनिबार

झापा ।  नेकपा एमालेको कोशी प्रदेश कमिटीले दमकमा आज जनजागरण सभा गर्दै छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीले दाबी गरेको छ। दमकको पशुहाटमा हुने सभामा कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी हुने एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए। जागरण सभाको अघिल्लो दिन दमकमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो ।

चैत १५ गते काठमाण्डौमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराइने समेत कार्यक्रम रहेकाे छ ।

सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो संख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य संख्यामा सहभागी रहने उनले जानकारी दिए। पूर्वबाट जाने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभास्थलमा र्यालीसहित प्रवेश गराइने छ।

यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेन्डबाटै र्यालीसहित सभामा प्रवेश गर्ने भनिएको छ।

सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन्। यस्तै विभिन्न कलाकारहरूले समेत प्रस्तुति दिने छन्। सभालाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार