मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

मेचीनगरमा टहरामाथि डोजर चल्यो

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

झापा झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरू हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकडभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको हो ।

अभियानको सुरुवातमा  नगरपालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकडभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरू हटाइएको नगरपालिकाले जनाएको छ । सडक अतिक्रमण गरी बनाइएको घर टहरा खाली गराउने नगरको निर्णय अनुसार नगरपालिकाको डोजर प्रयोग गरेर  धमाधम घर–टहरा भत्काउन थालिएको प्यारीभिटा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले बताए ।

मेचीनगरले यस अघि सडक खाली गराउन सूचना समेत निकालेको थियो । अहिले सोही अनुरूप सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । कसैले अटेर गरे त्यसलाई कानुनी कारबाही अगाडी बढाउने जनाइएको छ ।

सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियानमा  प्यारीभिटा बसपार्क व्यवस्थापन समिति अध्यक्ष घिमिरे, सदस्य सचिव माधव अर्या, सदस्य सुरेन्द्र बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नगर प्रहरी, ट्राफिक प्रहरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार