मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

नेपाली महिलाको बैंगलोरमा फ्रिज भित्र शरीरका ३०-४० ओटा टुक्राहरू

देश प्रदेश डेस्क 5336+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

भारतको बैंगलोरको एउटा घरमा कडा दुर्गन्ध आएपछि उक्त घरमा रहेको फ्रिज खोलेर हेर्दा त्यहाँ एक जना मानिसको शरीरका ३०-४० ओटा टुक्राहरू भेटियो। त्यो शव थियो नेपालकी महालक्ष्मी दासको जो बैंगलोरमा बस्दै आएकी थिइन्।

उनको बैंगलोरकै एकजना केटासंग बिहे भएपनि सम्बन्ध राम्रो नभएर उनि एक्लै बस्दै आएकी थिइन्। महालक्ष्मीको शव भेटिएपछि प्रहरीले शंका गरेर महालक्ष्मीका पतिलाई बोलायो तर महालक्ष्मीका पतिले अफेयरमा अर्कै केटा संग अफेयरमा रहेको दावी गर्दै उक्त अफेयरले नै उनिहरूको सम्बन्ध बिग्रेको बयान दिए।

त्यस पश्चात प्रहरीले महालक्ष्मीसंग अफेयरमा रहेको भनिएका उक्त व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्दा पछिल्लो समय महालक्ष्मी र उनको कुनै निकटता देखिएन। त्यसपछि प्रहरीले महालक्ष्मीको फोन स्विच अफ हुनुभन्दा अगाडी उनिसंग अन्तिम चोटी फोनमा बोल्ने मुक्तिरञ्जन नामको अर्का व्यक्ति माथि संका गर्दै उनको खोजि गर्यो। तर, उनलाई प्रहरीले कतै भेट्न सकेन।

अन्त्यमा प्रहरीले मुक्तिरञ्जनका भाइलाइ सोधपुछका क्रममा भाइले बताएको विवरणले महालक्ष्मीको हत्या मुक्तिरञ्जनले नै गरेको निष्कर्षमा प्रहरी पुग्यो। तर, मुक्तिरञ्जनले नै महालक्ष्मीको हत्या गरेको भन्ने निष्कर्षमा पुगेको प्रहरीले पनि मुक्तिरञ्जनलाइ भेटाउन सकेन। त्यसको केहि दिन पछि भारतको उडिसा राज्यस्थित भद्रक भन्ने गाउँनजिक एउटा रुखमा मानिसको शरीर झुण्डिएको देखेर स्थानीयले प्रहरीलाई खबर गरे।

प्रहरी आएर हेर्दा शव नजिक एउटा स्कुटर, ल्यापटप, मोबाइल र एउटा डायरी भेटियो र सो डायरीमा मुक्तिरञ्जनले महालक्ष्मीको हत्या आफूले गरेको स्वीकारोक्ति व्यक्त गरेका थिए। महालक्ष्मीको व्यवहारबाट आजित भएर क्षणिक क्रोधमा हत्या गरेको उनले उक्त सुसाइड नोटमा उल्लेख गरेका छन्।

्उनी महालक्ष्मीको घरमा गएका बेला उनिहरूबीच ठूलो झगडा भएको र क्षणिक क्रोधमा उनले महालक्ष्मीलाई ठाउकोमा प्रहार गर्दा महालक्ष्मी त्यहि ढालेको उनले बताएका छन्। महालक्ष्मी ढलेपछि उनको शरीरलाई काटेर टुक्राटुक्रा बनाएको र फ्रिजभित्र खाँदेको उक्त डायरीमा उल्लेख छ।

मुक्तिरञ्जनको डायरीका आधारमा उनलाई नै हत्यारा मानेर प्रहरीले अनुसन्धान बन्द गर्ने तयारी गरेको छ तर महालक्ष्मीको परिवारजन भने थप अनुसन्धान हुनुपर्ने पक्षमा छन्। सामान्य झगडामै यति क्रुर हत्या हुन नसक्ने उनीहरूको भनाइ रहेको छ। महालक्ष्मी र मुक्तिरञ्जनबीच के विषयमा झगडा भएको थियो भन्ने खुलेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार