मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्ने

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

झापा । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ ।

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए । अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने तर्कहरुसहित प्रस्तुत भएका छन्’ मुख्य सचेतक पाण्डेले  भने, ‘अध्यक्ष प्रचण्डले सांसदहरुको भनाइमा समर्थन जनाउँदै सत्ता गठबन्धनमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताए ।’

बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् ।

साथै, राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार पराजित हुन पुगेको र त्यसमा कांग्रेसभित्रको अन्तरविरोध कारण रहेको उल्लेख गर्दै यस घटनाका आधारमा पनि माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षमा हाम्रो उम्मेदवार रहन्छ र यस सम्बन्धमा गठबन्धनमा गम्भीर ढंगले छलफल गर्छु भन्नुभएको छ’ माओवादीका एक सांसदले  भने ।

राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेता पनि औपचारिक निर्णय भने माओवादी केन्द्रले लिएको छैन । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी सबै सदस्यहरुलाई बधाइ दिने विषय भने संसदीय दलको औपचारिक निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार