मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

प्रचण्डलाई कांग्रेसको जवाफ : जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो

देश प्रदेश डेस्क 5339+ समाचार ( )
७ जेठ २०८१, सोमबार

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती दिएका थिए ।

प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताए । ‘आइतबार गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र आज प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीररुपले आकृष्ट भएको छ । सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्‍यो । त्यसका लागि भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । तपाईँहरूले हामीलाई भोटको राजनीतिमा आएपछि सहयोग गर्नु भएको हो । हामीले पनि गरेका हौँ ,’ उनले भने ।

लेखकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराए । ‘तपाईँलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो बिर्सिनु भयो । हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो बिर्सिनु भयो ?,’ उनको प्रश्न छ ।

माओवादी र प्रचण्डलाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग गरेको लेखकको दाबी छ । ‘तपाई र तपाईँको दललाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग छैन ? कांग्रेसको भूमिका छैन । भोलिका दिनमा के मूल्य चुकाउनुपर्छ ? तपाईँहरू निरशंकुस्तातिर जाने । मूल्य हामीले चुकाउने ?,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार