मुख्य समाचार
रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना |

बीपी प्रतिष्ठानबाट १२ बिचौलिया पक्राउ

देश प्रदेश डेस्क 5409+ समाचार ( )
साङ्केतिक तस्बिर
२४ आषाढ २०८३, बुधवार

झापा / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपचारका लागि आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी निजी अस्पताल तथा मेडिकलतर्फ पठाउने कार्यमा संलग्न १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाको संयुक्त टोलीले प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीका रञ्जितकुमार चौधरी र रबिना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, धरानका सागर पोखरेल, मोरङका सान्बिन किराती, धरानका मनिष बुढाथोकी, उदयपुरका उमेशकुमार चौधरी, धरानका धिरोज निरौला, इटहरी/इनरुवाका रोहित मेहता, धरानका विनोद भट्टराई, झापाका प्रविण पोखरेल र सुनसरीका दीपक राम रहेका छन्।
उनीहरूले प्रतिष्ठानमा उपचार गर्न आएका बिरामी र तिनका आफन्तलाई भ्रम फैलाउने, सस्तोमा औषधि मिलाइदिने बहाना गर्ने र कमिसनका लागि निजी अस्पताल तथा क्लिनिकहरूमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न निजी अस्पतालका भिजिटिङ कार्ड, बिरामीका ओपीडी र डिस्चार्ज कागजातका तस्बिर तथा एम्बुलेन्स चालकहरूको सम्पर्क नम्बर समेत बरामद गरिएको छ। उनीहरूको मोबाइल परीक्षण गर्दा विभिन्न निजी अस्पतालहरूसँग प्रत्यक्ष सञ्जाल र आर्थिक चलखेल रहेको पुष्टि भएको छ भने बिरामीको व्यक्तिगत विवरण र रोगको प्रकृति समेत अन्य व्यक्तिलाई पठाउने गरेको प्रमाण भेटिएको छ।
पक्राउ परेका १२ जनालाई नै जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उपचारका लागि आउने बिरामी तथा आफन्तलाई यस्ता बिचौलियाको प्रलोभनमा नपर्न र अस्पताल परिसरमा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार