मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

गुल्मीकाे सामुदायिक विद्युत् कार्यालयमा तालाबन्दी

देश प्रदेश डेस्क 5450+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

झापा / विद्युत सेवा नियमित रूपमा सुचारु गर्न माग गर्दै गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा रहेकाे इलाका सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

गुल्मी उद्योग वाणिज्य संघ शान्तिपुर शाखाको अगुवाइमा स्थानीय उद्योगी, व्यवसायी तथा उपभोक्ताले सामूहिकरूपमा तालाबन्दी गरेका हुन् ।

विद्युत सेवा अनियमित हुँदा उद्योग, व्यापार र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनीहरूले पहिलो चरणको दबाबस्वरूप कार्यालयमा ताला लगाएको संघका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार समिति समक्ष पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको र मर्मतसम्भारमा ढिलाइ हुँदै आएको गुनासो कायमै रहेकाले यस्तो कदम चालिएको बताए ।

चन्द्रकोट क्षेत्रमा सामान्य समस्या आउँदा पनि समयमै मर्मत नगर्ने प्रवृत्तिका कारण नागरिकहरू आक्रोशित छन् ।

स्थानीयले सामुदायिक विद्युत प्रणालीलाई हटाएर चाँडै केन्द्रीय विद्युत प्रवाहमा जोड्न माग गरेका छन् । चन्द्रकोट गाउँपालिकामै हाइड्रोपावरबाट विद्युत उत्पादन भइरहे पनि त्यस क्षेत्रका नागरिकले अन्धकारमा बस्नुपर्ने अवस्था रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापाले विद्युत जस्तो संवेदनशील क्षेत्रमा काम गर्दा तत्कालै समाधान गर्न गाह्रो हुने प्रतिक्रिया दिएका छन् । उपभोक्तालाई नियमित सेवा दिन आफूहरू निरन्तर प्रयासरत रहेको पनि उनले बताए ।

हाल शान्तिपुर इलाका सामुदायिक विद्युत उपभोक्ता समितिमा ३ हजार भन्दा बढी उपभोक्ता आबद्ध छन् । जिल्लाका अन्य सामुदायिक विद्युत आयोजना रहेका ठाउँमा पनि समयमै मर्मत नहुने र सेवा अवरुद्ध हुने समस्या रहेको उपभोक्ताहरूले बताएका छन् ।

रेसुङ्गा नगरपालिका–३, भाडगाउँका स्थानीयले यस्तै समस्याका कारण सामुदायिक विद्युत हटाएर केन्द्रीय विद्युतमा जडान गरिसकेका छन् ।

पटकपटक विद्युत काटिँदा सामुदायिक विद्युत प्रणालीप्रति असन्तोष चुलिएको छ । स्थानीयले तत्काल सुधार नभए थप आन्दोलनको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार